दिनेश कोइरालाले मागे कांग्रेस उम्मेदवारलाई भोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

दिनेश कोइरालाले मागे कांग्रेस उम्मेदवारलाई भोट

काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्याग गरेका दिनेश कोइरालाले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत मागेका छन् । कोइराला गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–३ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएका थिए ।

आगामी १० गते चितवनसहित तनहुँ र बाराका एक एक क्षेत्रमा उपनिर्वाचन हुँदैछ । मनोनयन दर्ताको पूर्वसन्ध्यामा वक्तव्य जारी गर्दै कोइरालाले तनहुँ–१ र चितवन–२ का कांग्रेस उम्मेदवारलाई मत मागेका हुन् ।
चितवन–२ मा कांग्रेसबाट जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईले आज सत्ता गठबन्धनकातर्फबाट उम्मेदवारी दर्ता गराउँदै छन् ।

गत निर्वाचनमा चितवन–३ बाट कांग्रेसबाट उम्मेदवार बन्न चाहेका कोइराला उक्त क्षेत्र माओवादीको भागमा परेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका कोइरालालाई पार्टीले कारवाही गरेको थियो । पार्टीको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले कारबाही फुकुवा गरेसँगै मत मागेका हुन् ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);