प्रमोदको ‘कन्सर्ट’ को भीडमा च्यापिएकामध्ये २ बालकको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रमोदको ‘कन्सर्ट’ को भीडमा च्यापिएकामध्ये २ बालकको अवस्था गम्भिर

धनकुटा, १५ माघ । धनकुटा महोत्सवमा भागदौडमा परेर च्यापिएका मध्ये दुई जनाको अवस्था गम्भिर भएको छ । अभिभावकसँग गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेका बालकहरु ६ वर्षीय अविहाङ लिम्बु र अर्का नाम नखुलेका बालकको अवस्था गम्भिर भएको जनाईएको छ । उनीहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

भीडमा परी ३२ जनाभन्दा बढी घाइते भएका थिए । घाइते हुनेहरुमा धेरै बालबालिका रहेको बुझिएको छ । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।

विष्णु राई, अबिहाङ लिम्बू,गोमा कार्की,अनिषा राई, नारायण राई,बच्चा (नाम नखुलेको), प्रकट श्रेष्ठ, बुद्दिमाया लिम्बु, सबिन पौडेल, सन्दिप साह, प्रवेश राई, श्रेया कटुवाल, हिरा राना, अनुषा राई, बिनिता लिम्बु, सबिन लिम्बु, सुनिल लिम्बु र प्रकाश प्रधान घाइते भएका छन् । भिड नियन्त्रण बाहिर गएपछि सबै कार्यक्रम स्थगन गरिएको थियो । तस्बिर : सरिता बराइली

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);