प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएको भीडमा परि नौ जनाभन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएको भीडमा परि नौ जनाभन्दा बढी घाइते

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ ।

अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको छ ।

कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन सकेको छैन् । भिड नियन्त्रण बाहिर गएपछि आजका सबै कार्यक्रम स्थगन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);