यमनमा भएको हवाई आक्रमणमा परी २० को मृत्यु, ३० बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

यमनमा भएको हवाई आक्रमणमा परी २० को मृत्यु, ३० बढी घाइते

एजेन्सी, १० वैशाख । यमनको उत्तरी क्षेत्रमा भएको हवाई आक्रमणमा परी २० जना मारिएका छन् । एउटा वैवाहिक समारोहलाई लक्षित गरी भएको आक्रमणमा परी तीस जनाभन्दा बढी मानिस घाइते भएका छन् ।

हूथी विद्रोहीहरुले उक्त आक्रमण साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको आरोप लगाएका छन् । साउदी नेतृत्वको गठबन्धनले हूथी विद्रोहीविरुद्धको कार्बाहीमा यमन सरकारलाई सघाउँदै आएको छ । यमनमा तीन वर्षदेखि चलिरहेको गृहयुद्धमा अहिलेसम्म दस हजारभन्दा बढी मानिस मारिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);