बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

bom bisfot

काठमाडौं, १० बैशाख । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी क्षेत्रमा पर्ने एक मतदाता नामावली दर्ता केन्द्रमा गराइएको आत्मघाती बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

आक्रमणमा परी ५ बालबालिका र २१ महिलासहित ५७ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विस्फोटका बेला बालबालिकाहरु आफ्ना अभिभावकसँगै मतदाता सूचिमा नाम लेखाउन लाइनमा उभिएका अभिभावकसँगै थिए । आक्रमणमा परी १ सय १९ जना घाइते भएका छन् । मतदाता नामावली दर्ता केन्द्रलाई लक्षित गरी गराइएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।

मतदाता सूचिमा नाम लेखाउने काम गत साता सुरु भएकामा नामावली लेखाउने काम प्रभावित तुल्याउन यो बीचमा पाँच वटा आत्मघाती विस्फोट गराइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);