यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमाथी हवाई आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमाथी हवाई आक्रमण

yaman habai attaract

एजेन्सी, २५ साउन । यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा बिहीबार दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

यमनी हुथी विद्रोहीद्वारा सञ्चालित अल मसिरा टेलिभिजनका अनुसार घटनामा ३९ जनाको मृत्यु भएको र ५१ भन्दा बढी घाइते भएको बताएको छ । यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।रेडक्रसको अन्तर्र्रािष्ट्रय समिति (आइसीआरसी) का अनुसार दहमयान बजारतर्फ बालबालिकालाई लिएर गइरहेको बसमा हवाई आक्रमण भएपछि उत्तरी सादास्थित आइसीआरसीद्वारा सहयोगप्राप्त एक अस्पतालमा दर्जनौं मृतक बालबालिकालाई ल्याइएको अस्पताल स्रोतले जनाएको हो ।

अन्तराष्ट्रिय मानवीय कानूनले युद्धमा गैरलडाकू व्यक्तिमाथिको आक्रमण निन्दनीय मान्ने गर्दछ । गैरलडाकू व्यक्तिको सुरक्षा युद्धको अनिवार्य शर्त हो । राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्युहुने गरी भएको यो घटना प्रति चिन्ता व्यक्त गरेको छ । यूनिसेफका यमनका लागि आवासीय प्रतिनिधिले भनेका छन् । किन बालबालिका सैनिक निशानामा परेका छन् ।

किन उनीहरू मारिन्छन् यसको जवाफका लागि मसँग केही शब्द छैन । यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसकोे मृत्यु भएको राष्ट्रसंघले बताएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);