साउदीमा ज्यान गुमाएका ४१ जनालाई २१ करोड | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

साउदीमा ज्यान गुमाएका ४१ जनालाई २१ करोड

saudi arabia

एजेन्सी,२५ साउन । साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् ।

साउदीस्थित नेपाली दुतावासले आव ०७४/७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो । त्यसबापत जम्मा २१ करोड ४३ लाख रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३ लाख रुपैयाँ नेपाल पठाईसकिएको साउदीस्थित नेपाली राजदुत प्रा. डा. महेन्द्रप्रसाद सिंहले जानकारी दिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।