अमेरिकाद्वारा रुसमाथि प्रतिवन्धको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अमेरिकाद्वारा रुसमाथि प्रतिवन्धको घोषणा

putin n trump

एजेन्सी, २४ साउन । अमेरिकाले रसायनीक आक्रमणमा रुस दोषी रहेको भन्दै प्रतिबन्ध लगाउने भएको छ । पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले प्रतिवन्धको घोषणा गरेको हो ।

बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो । तर रुसले भने आक्रमणमा संलग्नताको कडा रुपमा अस्वीकार गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै रासायनिक तथा जैविक हतियारको प्रयोग गरेकाले उसमाथि प्रतिबन्ध लगाइने बताए ।

उनले यो प्रतिबन्ध यही अगस्ट २२ देखि लागू हुने जानकारी दिए । यो प्रतिबन्ध इलेक्ट्रिोनिक सामान र अन्य प्रविधिहरु निर्यातसँग सम्बन्धित हुने छ । गत मार्च ४ मा ६६ वर्षीय स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी बेलायतको सेलिस्वरी सिटी सेन्टरमा बेहोस अवस्थामा फेला परेका थिए । यो घटनाले बेलायत र रुसबीचको सम्बन्ध बिग्रिएको थियो ।

यो घटनामा रुसको संलग्नता रहेको भन्दै बेलायत र उसका सहयोगी २२ भन्दा बढी देशले त्यहाँ रहेका रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका थिए । अमेरिकाले पनि ६० जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);