सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेनः पूर्वसभामुख ढुंगाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेनः पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्ववन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्ववन भए/नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको बताउनु भयो । उहाँले तत्कालको लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट र वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेकोप्रति दुःख व्यक्त गर्नुभयो । पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान युगौंयुगको लागि बनाइने हो, तर हामीलाई तत्कालको बेलामा एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्नको लागि बनाएका छौँ । संविधानमा दूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन, हामीले तत्कालिक कुरालाई रोक्नका लागि संविधान बनाएका छौँ । सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ, अहिले संविधानले कसैलाई बाँधेको छैन । संविधानको कार्यान्वयन हेर्न एउटा उच्च निकाय बनाउन आवश्यक छ ।’

पूर्वसभामुख ढुंगानाले सबैलाई बाँध्नका लागि बनाएको संविधान कसैलाई पनि नबाँध्ने किसिमको भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);