राष्ट्रियसभाको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रियसभाको बैठक आज बस्दै

rashtriya_sabha

काठमाडौं, ३० फागुन । आज राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा गरिंदै छ । अध्यक्ष पदका लागि सोमबार भएको मनोनयन दर्तामा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।

त्यसैले राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । आज दिउँसो एक बजे राष्ट्रियसभाको बैठक बोलाइएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई÷दुई जना र राष्ट्रपतिबाट मनोनित तीन जना सदस्य छन् ।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन भने आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रियसभाको अध्यक्ष पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्ष महिला हुनुपर्ने छ । राष्ट्रियसभाको अध्यक्ष एमालेले पाएकाले उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको छ । यद्यपि संघीय समाजवादी फोरमले पनि उपाध्यक्षमा दावी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);