काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति वैठकमा के निर्णय हुँदैछ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति वैठकमा के निर्णय हुँदैछ ?

काठमाडौँ,१४ पुस। नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको बैठक बसेको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुँदैछ ।

निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । काँग्रेसको २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);