नेकपा एसले एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेकपा एसले एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकले सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ ।

असार २९, ३० र साउन १ देखि ५ गतेसम्म काठमाडौंको चम्पादेवीमा बसेको बैठकले एमसीसी सम्झौतको कार्यान्वयनको जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले समाजवादी मोर्चाको उद्देश्य र कार्यविधिका बारेमा घोषणा पत्रमै सबैकुरा स्पष्ट पार्ने, नेपाली समाजको आधारभुत तथा राजनीतिक अन्तरबिरोधका बारेमा पार्टीको दृष्टिकोण कार्यकताहरुलाई जानकारी गपराउने निर्णय भएको जानकारी दिनुभयो ।

पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो, त्यसैगरी २० र २१ गते केन्द्रिय कमिटीको बैठक एकीकृत समाजवादीले बोलाएको छ ।

बैठकले वर्षाका कारण हुने क्षतिबाट नागरिकको रक्षा गर्दै राहत, उद्धार तथा पुनः स्थापनाका लागि सरकारसँग आह्वान गरेको छ । त्यस्तै देशभर पशुमा देखिएको लम्पी स्किन रोगबाट भएको क्षतिको राहत किसानलाई दिन माग गरेको छ । कोशी प्रदेशको नामबारे उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्न एकीकृत समाजवादीले आह्वान गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);