सुन प्रकरणबारे रविले सरकारसँग मागे चित्तबुझ्दो जवाफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सुन प्रकरणबारे रविले सरकारसँग मागे चित्तबुझ्दो जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो सुन प्रकरणबारे संसदलाई चित्तबुझ्दो जवाफ दिन सरकारसँग माग गर्नुभएको छ ।

उहाँले हरेक घटनाको अनुसन्धान शुरु गर्ने तर त्यसलाई टुंगोमा नपु¥याउने कामलाई नै निरन्तरता दिने हो भने सरकारको दिनगन्ती शुरु हुने चेतावनी समेत दिनुभयो ।

बुधवार प्रतिनिधि सभा बैठकमा सो सुन प्रकरणबारे आफनो पार्टीले संसदमा सार्वजनिक महत्वको प्रश्ताव पेस गरेको उल्लेख गर्दै सभापति लामिछानेले सो विषयमा छिटोभन्दा छिटो चित्त बुझ्दो जवाफ दिन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराउनु भयो । उहाँले सो प्रकरणमा मुछिएका कर्मचारीहरुलाई सरुवा गरेर त्यस घटनाको प्रमाण नष्ट गर्ने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सभापति लामिछानेले सो सुन प्रकरणमा मुछिएकाहरुको नाम आएपनि सरकारले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);