सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि होला त अनुसन्धान ! | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि होला त अनुसन्धान !

काठमाडौं,६ चैत्र । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने माग गनू भएको छ ।  सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानूनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने माग गनूृ भएको हो । उहाँले लामिछानेले पैसा लिएको छैन र सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउने तर्क गनूृभयो ।

उहाँले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने बताउनु भयो । उहाँले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गर्नुभयो । उहाँले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गर्नुभयो । उहाँले कृष्णबहादुर महरा पक्राउ परेकोमा सरकारलाई धन्यवाद दिनु भयो ।

उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका सबै प्रकारका भ्रष्टाचारका घटनाहरुको छानविन गरी दोषिलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । जवाफमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न आग्रह गर्नुभयो । सांसद चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै स्वीकार्न आँट गर्न आग्रह गर्नुभएको हो । सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरु हेर्न आग्रह गर्नुभयो

उहाँले सांसद थापालाई सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन सुझाव समेत दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);