गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै

काठमाडौं,१८ चैत्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

शनिवार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा काँग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताउनुभएको हो । नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ । बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गर्नु भएको थियो । त्यस विषयमा भोली (आईतवार) बस्ने पार्टी पदधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताउनु भयो । सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धि विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ ।

उहाँले भन्नुभयो, ‘१८, १९, २०, २१ सम्मको सदन कसरी चलाउने भन्ने विषयमा छलफल भएको थियो । त्यसमा प्रतिपक्षको तर्फबाट मैले राजनीतिक दलसम्बन्धि विधेयक चाँही विवादमा जोडिएको हुनाले त्यो विधेयक अहिले नल्याउ भन्ने सन्दर्भमा २७ गते सार्ने भन्ने हाम्रो सहमती भएको छ । अरु विषयमा चाहीँ अहिले हामीले प्रतिपक्षको ठाउँबाट हेर्दाखेरी हामीले उठाएको विषय संसदीय छानविन समिति गृहमन्त्रीको विषयमा छलफल नभएसम्म हामीले सदन कसरी लैजाने भन्ने विषयमा भोली हामी पदाधिकारी बैठक बसेर छलफल गर्छौं । त्यसपछि मात्रै हामी सदनमा कसरी जाने भन्ने बारेमा निष्कर्षमा पुग्छौं । विगतमा कार्य तालिका बनाएर जाने रहेनछ । हामीले अहिले क्यालेन्डर बनाएर ल्यायौ । त्यो ल्याएपनि कसको कारणले क्यालेण्डर प्रभावित भयो भन्दाखेरी सरकार परिवर्तनको गठबन्धनको कारणले क्यालेन्डर फेरबदल भयो । सभामुख नै विदेश गएर पनि सो क्यालेण्डर प्रभावित भयो ।’

 

नेपाली काँग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा प्रश्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);