केही महिनामै काँग्रेस नेतृत्वको सत्ता गठबन्धन बन्ने कांग्रेस नेता शेखर कोईरालाको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

केही महिनामै काँग्रेस नेतृत्वको सत्ता गठबन्धन बन्ने कांग्रेस नेता शेखर कोईरालाको उद्घोष

प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्ने ठोकुवा र्गाुभएको छ ।
कोहीदिन भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गर्दै नेता कोइरालाले काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्ने ठोकुवा गर्नुभएको हो ।

अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उहाँले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने दाबी गर्नुभयो । काँग्रेस विपक्ष भएको नाताले सत्तामा जाने कोशिस गरिराख्ने र केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाई छ ।

शनिवार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको कार्यक्रममा नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने श्रृंखलाले विकासको गति ठप्प हुने भन्दै स्थिर सरकारका लागि निर्वाचन प्रणाली नै सुधार गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय सभामा समावेशी समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने नेता कोइरालाको तर्क छ ।

नेता कोईरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित गर्न काँग्रेसले साथ दिने स्पष्ट गर्दै मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री भएमात्रै विधेयक संसदबाट पास
गराउन कांग्रेसले सहयोग गर्ने उहाँले बताउनु भयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);