केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्ला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्ला ?

काठमाडौं,१८ चैत्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गर्नुभएको छ । अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उहाँले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताउनुभएको हो । नेपाली काँग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाई थियो । शनिवार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राख्नु भयो । राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाले बताउनु भयो । उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राख्नुभयो । नेता कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश भनौ वा नेपाली काँग्रेस भनौं कठिन परिस्थितिमा छ । देशको राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक कुनै पनि कुरा ठिक ठाउँबाट हिँडिरहेको छैन । हामीहरुले गठबन्धन ग¥यौ, निर्वाचनमा गयौ । लार्जेष्ट पार्टी भयौं । खुशी भयौ । तर तपाईहरुमध्ये कतिजना चितवन जानु भएको छ । मलाई थाहा छैन । त्यहाँ गएर सोध्नुस, त्यहाँ गएर बुझनुस । नेपाली काँग्रेसको एउटा कार्यकर्ता पनि गठबन्धनको विरोधमा छ । एउटा कार्यकर्ता पनि सर्पोटमा छैन । हामीले आफूले उम्मेदवार दिनुपर्ने मेयरको टिकट हामीहरुले अर्को पार्टीलाइै दियौं । तर हामी खुशी के मा भयौं भने हामी लार्जेष्ट पार्टी भयौ भनेर । संगठन कमजोर भईराखेको छ भन्ने कुरा यस चोटीको केन्द्र र प्रदेशको निर्वाचनले देखायो । साँढे ७ पर्सेन्ट समानुपातिकको सिट हाम्रो घटेको छ । यति कम सिट नेपाली काँग्रेसको २०१५ सालको इलेक्शनदेखि आजसम्म कहिल्यै भएको थिएन । त्यसकारण पनि हामीहरु गठबन्धनमा जानुहुँदैन । जाँदैनौं । अबदेखि हामी एक्लै चुनाव लड्छौं भन्ने प्रण हामी गर्छौं । ढुक्क हुनुहोस–नेपाली काँग्रेस अब एक्लै चुनाव लड्छ । प्रचण्डजीले नेपाली काँग्रेसलाई दोष दिनुभयो । र दोष दिएर के भन्नु भयो भने–कोशी प्रदेशमा हाम्रो उम्मेदवारलाई हराउनु भयो तपाईहरुले । कोशी प्रदेशलाई हामीहरुको मुख्यमन्त्री बन्नलाई तपाईहरुले रोक्नु भयो भनेर दोष दिनु भयो । इन्डारेक्टली त्यो दोष मलाई नै थियो । मैले नै रोकेको हो कोशीमा । सभापतिजी लगायत पदाधिकारीजीहरु प्रधानमन्त्रीजी कहाँ गएर नेपाली काँग्रेसको आफूले भनेको व्यक्ति हुन्छ भने ठिक होइन भने तपाईहरुको उम्मेदवार बनाउनुस मुख्यमन्त्री भन्ने थियो । त्यो मलाई स्विकार्य हुने नै भएन । नेपाली काँग्रेसका लडाकु हामीहरु कुनै पनि हालतमा कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने पक्षमा म थिइन । सिटै छैन । ३२ सिट केन्द्रमा छ । ९० सिट हामीहरुको छ । अनि माओवादीलाई दिँदै जाने । पुलपुलाउँदै जाने ? चितवनको घटना म कोशी प्रदेशमा हुन दिन्न भनेर हामीहरुले संविधानको धारालाई टेकेर नेपाली काँग्रेसको आज मुख्यमन्त्री बनेको छ । गरेको मैले हो । नेपाली काँग्रेसलाई बचाउनका लागि मैले गरेको हो । मलाई आफूलाई केही पनि चाहिएको होइन । मैले सभापतिजीलाई पटकपटक गएर भने–जुन व्यक्तिको नाम लिईरहनु भएको छ । उहाँ दुई दुई पटक असफल भईसक्नुभयो । तपाई नेपाली काँग्रेसको कुनैपनि सांसदलाई उम्मेदवार बनाउनुस । म मान्न तयार छु । तर ऊ आफैं बन्दिन भन्दै हुनुहुन्छ । मुख्यमन्त्री माओवादीलाई बनाउन भन्ने आँट मलाई चाँही प्रचण्डजीसँग भन्न आउँदैन । भन्न सक्ने कुरा पनि हुँदैन । प्रचण्डजीले दोस्रो हामीहरुलाई चार्ज लगाउनु भयो । महासमिति बैठकमा नेपाली काँग्रेसको प्रतिवेदन हो । लाग्छ–त्यो माओवादीले लेखिदेओस् भन्न ठान्नुभएको होला । हामीले भन्यौं । म त जनयुद्ध भन्दिन । सशष्त्र द्वन्द्व असमायिक थियो भनेर उपसभापतिको प्रतिवेदनमा छ । त्यसको विरोध गर्नु भयो । र, महामन्त्रीको प्रतिवेदनमा २०८४ को चुनाव हामी एक्लै लडछांै भनेर भन्ने नेपाली काँग्रेसको प्रतिवेदन प्रचण्डजीले लेख्ने हो भने कस्तो नेपाली काँग्रेस हामीले बनाउन खोजेको हो ? उहाँ किन जानुभयो, के यही कारणहरु हो ? भन्ने प्रश्न मेरो मनमा उठिराखेको छ । मलाई लाग्दैन यी कारणले छोडेर उहाँले एमालेसँग जानु भएको भन्ने मलाई लाग्दैन । हुनसक्छ–भूराजनीतिक परिस्थितिले गरेको हुनसक्छ । हुनसक्छ सत्य निरुपण तथा मेलमिलापमा नेपाली काँग्रेस लचिलो छ । एमाले अपm्ठयारो भएको छ । र, त्यो टिआरसी विधेयक भन्छौं हामी । त्यो पास भएन भने म त अपm्ठयारोमा पर्छु भन्ने लागेको हुन सक्छ उहाँलाई । अनि के गर्नु भयो भने एमाले सित त कुरा गर्नुभयो । नेपाली काँग्रेसले मानिहाल्छ भनि ठान्नुभयो । तर आज यही मञ्चबाट म भन्न चाहन्छु–नेपाली काँग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ । नेपाली काँग्रेस अन्तर्राष्ट्रिय संघ, संस्था, ह्युमन राईटस जुन संघ, संस्था छ । त्यसको मिनिमम क्राईटेरियालाई हामीहरुले लिएर मात्रै अगाडि बढ्छौं । र, तेस्रो छ–पीडितमैत्री टिआरसी बन्नुपर्छ भन्ने नेपाली काँग्रेसको मान्यता छ । यी कुराहरु भएन भने जतिसुकै संसदबाट पास भएर ऐन आयो भने पनि त्यो ऐन लागू हुन सक्दैन भन्ने कुरा पनि तपाईहरुको माझमा राख्न चाहन्छु । सर्वोच्च अदालतले आजभन्दा ३ वर्ष पहिले निर्णय गरेको छ । त्यो निर्देशन हामीले पालना गर्ने कि नगर्ने ? अव जघन्य अपराध र अपराधलाई एउटै क्याटोगरिमा राख्न थाल्यो भने कसरी अगाडि बढछ ? हो यो विषयहरुलाई माओवादीले मिलाउन खोजेको मलाईचाँही आभास भईराखेको छ । हामी अहिले विपक्षमा छौं । विपक्षको भूमिका हामी निर्वाह गर्छौ । सत्ता पक्षले राम्रो काम ल्याएको छ भने सर्पोट गर्छौं नत्र विपक्षको भूमिका हाम्रो छँदैछ । एउटा प्रश्न मेरो मनमा उब्जिरहेको छ । तपाईहरु सबै यहाँ बौद्धिक समाजका मानिसहरु हुनुहुन्छ । के ६÷६ महिनामा, एक एक वर्षमा गठबन्धनहरु टुटने, भत्किने, फेरी बन्ने गर्न थाल्यो भने देशको विकास हामीहरुले कहिले गर्ने ? केन्द्रमा हुने भयोभयो । अव सात वटै प्रदेशमा हुँदैछ । भोली यही प्रदेश वागमती प्रदेशबाट शुरु हुन्छ । सातै वटै प्रदेशमा हुन्छ । फेरी अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिना पछि । पक्कै बन्छ । किन हामी विपक्षमा छौं । हामी कोशिस गरिराखेका हुन्छौ सत्तामा जानका लागि । त्यो स्वभाविक हो । यसरी देश अगाडि बढन सक्दैन । हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि कुनै पनि दलको बहुमत आउनै सक्दैन । गठबन्धनमा जानैपर्ने हुन्छ । त के गर्ने, कसरी जाने ? निर्वाचन प्रणालीलाई सुधार गरेर जान सकिन्छ कि सकिदैन ? सुधार गर्दाखेरी समानुपातिक समावेशी संविधानको मूल सिद्धान्तमा पर्छ । त्यसलाई हामीले कसरी लिएर अगाडि जाने ? मेरो विचारमा त समानुपातिक समावेशी जुन चरित्र छ । त्यसलाई पनि हामीहरुले स्विकारेर उनीहरुलाई अपर हाउसमा लगेर लोअर हाउसलाई प्रत्यक्ष निर्वाचित गरेर अगाढि बढ्नसक्छौं । यसरी जाँदा कुनै पनि दलको बहुमत आउँछ । देशलाई स्थिरता दिने बाटोमा हामीले सोच्नुपर्ने आवश्यक्ता मैले देखेको छु । नेशन फस्र्ट भनेर हामीले सोचेनौ भने काम छैन ।’

नेता कोईरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित गर्न नेपाली काँग्रेसले साथ दिने स्पष्ट पार्नुभयो । मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री भएमात्रै सो विधेयक संसदबाट पास गराउन आफ्नो पार्टीले सरकारलाई साथ दिने उहाँको धारणा थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);