नेकपा एसको पोलिटब्युरो बैठक आईतवारबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नेकपा एसको पोलिटब्युरो बैठक आईतवारबाट

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक यही भदौ ३ गते (भोलि)बाट शुरु हुने भएको छ ।

शनिवार काठमाडांैको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रिय कमिटी बैठक पनि बोलाइएको छ । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो । पोलिटब्युरो बैठकले केन्द्रिय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उहाँले बताउनु भयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘हामी पोलिटव्यूरो बैठक भोलिदेखि शुरु गरिरहेका छौं । भदौ ३ र ४ गते हाम्रो पार्टीको केन्द्रिय पोलिटब्युरो बैठक बस्दैछ । ५, ६ र ७ गते केन्द्रिय कमिटी बैठक बस्दैछ । यसका एजेण्डाहरु हामीले पहिले नै तय गरेर पठाईसकेका छौं । भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ । यसैको सेरोफेरोमा पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राख्नु हुनेछ । र, पर्सी हामी यो बैठकको समापन गर्नेछौं । भोलि बेलुका ६ बजे समाजवादी मोर्चाको बैठकमा पनि बस्दैछ । यो पनि मैले बेलामा यहाँहरुलाई जानकारी गराएँ । हामीले सबै तयारी केन्द्रिय कमिटीको बैठक भदौ ५, ६ र ७ का लागि तयारी गरिरहेका छौं । ७ गते हाम्रो केन्द्रिय कमिटी बैठक कन्क्युड गर्दैछौं । धेरै महत्वपूर्ण निर्णय र प्रश्तावहरु त्यही बेला पारित हुँदैछन् ।’

नेकपा एस आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने÷नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);