काठमाडौं । सत्तारुढ दलहरुको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साझ बसेको सत्तारुढ दलको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रीत रहेर सरकारको न्ययुनतम कार्यक्रम ल्याउने निर्णय गरेको हो ।
सरकारले न्युनतम साझा कार्यक्रम ल्याएपछि संसदबाट विश्वासको मत लिने तयारी गरिरहेको छ । संसदबाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने पत्रकारसँग बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
साथै मन्त्रिपरिषद् विस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।




