यो न्युनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको होः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

यो न्युनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गर्नुभएको छ ।

बिहीवार सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको न्युनतम साझा कार्यक्रममा सअघिको सरकारसँग रहेका दलहरु र अहिलेका सरकारमा रहेका दलहरुकै साझा रुपमा कार्यक्रम राखिएकाले सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गर्नुभयो ।

उहाँले न्युनतम साझा कार्यक्रम कार्यान्वयनका लागि विशेष जोड दिन र कार्ययोजना बनाइ अघि बढ्न निर्देशनसमेत दिनुभयो ।

प्रधानमन्त्री दाहालले न्युनतम साझा कार्यक्रलाई कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी, राजनीतिक दलहरु सबैको रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);