सत्तारुढ दलहरुको साझा न्युनतम कार्यक्रम आज सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सत्तारुढ दलहरुको साझा न्युनतम कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं,६ चैत्र । सत्तारुढ दलहरुले आज सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका छन् । आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा न्युनतम साझा कार्यक्रम सार्वजनिक हुन लागेको हो । साझा न्युनतम कार्यक्रमका लागि १० सदस्यीय कार्यदल बनाइएको थियो ।

जसमा सत्तामा सहभागी ५ दलका दुई÷दुई जना सदस्य रहेका थिए । कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र) बाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा.स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल सहभागी हुनुहुन्थ्यो । त्यस्तै जनता समाजवादी पार्टी, नेपालबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सहभागी हुनुभएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);