संसदमा सौर्य गठबन्धन आई एस एको स्थापनासँग सम्बन्धित सम्झौता पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

संसदमा सौर्य गठबन्धन आई एस एको स्थापनासँग सम्बन्धित सम्झौता पेश

काठमाडौं,६ चैत्र । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आई एस एको स्थापनासँग सम्बन्धित सम्झौता पेश भएको छ । सोमवारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आई एस एको स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्नुभएको हो ।

सम्झौता पेश गर्दै मन्त्री बस्नेतले सौर्य उर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरु राष्ट्रहरुमा उर्जा पहुँच बढाउन उर्जा सुरक्षा सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको जानकारी गराउनु भयो । उहाँले यसबाट नेपाललाई पनि फाइदा हुने भएसँगै सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले अनुमोदन गर्न संघीय संसदमा पेश गरेको बताउनु भयो ।

मन्त्री बस्नेतले प्रतिनिधि सभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आई एस ए को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद प्रतिनिधि सभा समक्ष प्रश्तुत गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);