काठमाडौं,६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिनु हुने छ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदबाट सोधिने समसामयिक विषयका
प्रश्नको जवाफ दिनुहुने भएको हो ।
यसका लागि संसद् सचिवालयमा सांसदले पहिले नै प्रश्न टिपाइसकेका छन् । राष्ट्रिय सरोकारका विषयमा प्रत्येक महिना पहिलो साता प्रधानमन्त्रीको प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरअन्तर्गत संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने प्रावधान छ ।प्रश्नोत्तर कार्यक्रमका लागि चैत २ गतेसम्ममा सांसदहरुले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न संघीय संसद सचिवालयमा बुझाइसकेका छन् । यसअघि प्रधानमन्त्री प्रचण्डले फागुन ६ गते सांसदको प्रश्नको जवाफ दिनुभएको थियो ।




