एमाले र माओवादी संयुक्त संसदीय दलको बैठक आज बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले र माओवादी संयुक्त संसदीय दलको बैठक आज बस्ने

uml n moist

काठमाडौं, १९ फागुन । पार्टी एकता गर्ने निर्णयमा पुगिसकेका एमाले र माओवादी केन्द्रले शनिबार दुवै पार्टीको संयुक्त संसदीय दलको बैठक डाकेका छन् । पार्टी एक हुने अवस्थामा पुगेकाले संसदीय गतिविधिमा एकरूपता दिनेबारे प्रशिक्षणका लागि संयुक्त बैठक बोलाइएको हो ।

सोमबारबाट संसदको बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरूलाई केही प्रशिक्षण दिन लागिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङले दुवै दलका सांसदहरूलाई निर्देशनसहितको प्रशिक्षण दिनेछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको छ ।

दुवै दलबाट धेरै नयाँ सांसद रहेकाले संसदीय मर्यादालगायत विषयमा प्रशिक्षण दिइने श्रेष्ठले बताए । एमाले र माओवादीबीच गत फागुन ७ गते पार्टी एकतासम्बन्धी ७ बुँदे आधारपत्रमा हस्ताक्षर भइसकेको छ । दुवै दलले पार्टी एकताको विस्तृत खाका र राजनीतिक कार्यक्रम र विधान निर्माण गरिरहेका छन् । फागुनभित्र सबै काम सकेर चैतको पहिलो साता औपचारिक रूपमा दुई दल एकताको घोषणा गर्ने तयारी दलहरूको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);