राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन दोहोरिने निश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन दोहोरिने निश्चित

उम्मेदवारीबारे एमाले–माओवादीले केही दिनमै औपचारिक निर्णय गर्ने

काठमाडौं, १८ फागुन । निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तोकेको छ । तर, आफ्नो भागमा परेको राष्ट्रपति पदमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने कि नयाँलाई मौका दिने भन्ने विषयले एमालेमा प्रवेश पाएको छैन ।

निर्वाचनको मिति नजिकै आइसक्दा पनि दोस्रो व्यक्तिबारे छलफल नै नथालेकाले एमालेले भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने निश्चितप्राय देखिएको छ ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपतिको पदावधि ५ वर्षको हुने उल्लेख छ । ०७२ असोज ३ गते संविधान जारी भएपछि राष्ट्रपति बनेकी ५६ वर्षीया विद्यादेवी भण्डारीको कार्यकाल २९ महिनामै सकिन लागेको छ ।

त्यसैले पनि उनी पाँच वर्ष कार्यकाल लम्ब्याउन चाहन्छिन् । अर्कोतिर वर्तमान राष्ट्रपतिलाई दोहोर्याउँदा मुलुकको व्ययभार कम हुने भएकाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहितका अधिकांश नेता भण्डारीलाई नै पुनः राष्ट्रपतिमा दोहोर्याउन तयार देखिएका छन् ।

राष्ट्रपतिमा आकांक्षा देखाएका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि भण्डारीलाई दोहोर्याउने कुरामा सहमत भएको बताइएको छ । यद्यपि, यसबारे केही दिनमै औपचारिक छलफल हुन गरी टुंग्याइने एमाले नेताहरुले बताएका छन् ।

राष्ट्रपतिसँगै उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन नै दाहोरिने निश्चित भएको माओवादी नेताहरुले बताएका छन् । राष्ट्रपतिमा आकांक्षा देखाएका नेता अमिक शेरचनले दाबी गरेपनि उनलाई अध्यक्ष पुष्पकमल दाहालले अन्य जिम्मेवारी दिने आश्वासन दिएर मनाएको स्रोतको दाबी छ ।

फागुन २९ मा हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेश संसद् गरी वाम गठबन्धनसँग स्पष्ट बहुमत छ । त्यसैले राष्ट्रपति निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार अघि नसार्ने सम्भावना बढी छ ।

राष्ट्रपति भइसकेका व्यक्तिलाई राज्यले पूर्ववशिष्ट व्यक्तिको सूचिमा राखेर सेवा सुविधा दिनुपर्छ । पूर्वराष्ट्रपति रामवरण यादवकै सेवा सुविधा पूर्ति गर्न राज्यलाई हम्मे–हम्मे परिरहेका बेला संख्या थपिँदा राज्यलाई आर्थिक भार थपिन्छ । त्यसैले पनि वाम गठबन्धन वर्तमान राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई दोहोर्याउने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);