स्वार्थ शक्तिको प्रभावमा नपरी काम गर्न ओली-प्रचण्डको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

स्वार्थ शक्तिको प्रभावमा नपरी काम गर्न ओली-प्रचण्डको निर्देशन

काठमाडौं, १९ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना तर्फबाट निर्वाचित सांसदहरुलाई स्वार्थ शक्तिको प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज प्रतिनिधिसभा सांसदहरुलाई प्रशिक्षण दिँदै एमाले र माओवादीका शीर्ष नेताले आर्थिक समृद्धिको अभियान सफल पार्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

सदनमा सांसदले खेल्नुपर्ने भूमिकाबारे सांसदहरुलाई प्रशिक्षण दिँदै प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले खल्तीमा सरुवा बढुवाको नभइ विकासे योजनाको फाइल बोकेर हिँड्न सुझाव दिए ।

एमाले र माओवादी केन्द्रले सात बुँदे सहमति गरी पार्टी एकताको प्रक्रिया अगाडि बढाएका कारण संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । दुई दलको संयुक्त बैठक आज संघीय संसद् भवनमा बसेको हो ।

बैठकमा एमालेका संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङले सांसदहरूलाई निर्देशनसहितको प्रशिक्षण दिएका थिए ।

पार्टी एक हुने अवस्थामा पुगेकाले संसदीय गतिविधिमा एकरूपता दिन प्रशिक्षणको कार्यक्रम राखिएको एमाले र माओवादी केन्द्रले जनाएका छन् । धेरैजसो सांसद नयाँ भएकाले उनीहरुलाई संसदीय मर्यादाका विषयमा पनि प्रशिक्षण दिइएको छ ।

संघीय संसद्को बैठक सोमबार सुरु हुने भएकाले त्यसअघि नै सांसदहरूलाई प्रशिक्षण दिइएको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);