बैठक कक्षमा 'निदाउने र हाई काड्ने' काम नगर्न नेम्वाङको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बैठक कक्षमा ‘निदाउने र हाई काड्ने’ काम नगर्न नेम्वाङको आग्रह

काठमाडौं, १९ फागुन । नेकपा एमालेका नेता एवं पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले संसदीय मर्यादा र अनुशासन पालनामा प्रतिवद्ध रहन वाम गठबन्धनका सांसदहरुलाई आग्रह गरेका छन् ।

संघीय सांसदहरुका लागि एमाले र माओवादी केन्द्रले शनिबार आयोजना गरेको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसदीय मर्यादामा कायम रहन वाम गठबन्धनका सांसदहरुलाई सचेत गराए ।

सांसदहरुले देशको संविधान, सम्वद्ध कानुन र स्थापित संसदीय अभ्यास बमोजिम आफ्ना कारवाही र व्यवहारलाई निर्देशित गर्नुपर्नेमा उनले जोड दिए । प्रचलित स्थापित संसदीय अभ्यासहरु कानुन सरह मान्य हुने भएकाले ती विषयलाई पनि ध्यानमा राख्न उनले आग्रह गरे ।

संसदीय मर्यादालाई लिएर विगतमा नमिठो अनुभुति गर्नुपरेको उल्लेख गर्दै उनले बैठक कक्षमा निदाउने, हाई काड्ने तथा कोरम नपुग्ने र सेता खाली कुर्ची देखिने अवस्था श्रृजना हुन नदिनेतर्फ सचेत रहन सांसदहरुको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा संञ्चालन, प्रतिनिधि सभा सञ्चालन र संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावली नबनिसकेको अवस्थामा संविधान, अन्तरिम कार्यविधि र स्थापित अभ्यास अनुसार अघि बढ्नुपर्ने भएकाले ती विषयलाई आत्मसाथ गर्न पनि उनले सचेत गराए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);