टुंडिखेलमा हजारौंले बाचन गरे गौतम बुद्धको बचन 'धम्मपद' | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

टुंडिखेलमा हजारौंले बाचन गरे गौतम बुद्धको बचन ‘धम्मपद’

गिनिज बुकमा नेपालले रेकर्ड बनाउने प्रयास

काठमाडौं, १९ फागुन । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश सहित विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार टुंडिखेलमा गौतम बुद्धको बचन धम्मपद बाचन गरिएको छ ।

प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ्ग सहित ठूलो संख्यामा उपस्थित मानिसहरुले एकसाथ बुद्धको धम्मपद बाचन गरेका हुन् ।

विश्वशान्तिको कामना सहित विश्व रेकर्ड बनाउन उपस्थित समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई अनुरोध गरे । अझै पनि कतिपय शैक्षिक संस्थाले बुद्धको जन्मबारे भ्रम श्रृजना गर्ने काम गरेको भन्दै उनले विश्वका सबै सरकार, देश र विश्वविद्यालयलाई अब अलमलमा पार्ने काम नगर्न सचेत गराए ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटो रोज्नेलाई बम बनाउने र असान्ती तथा आतंक फैलाउने काम छोडि समृद्ध नेपाल बनाउने काममा योगदान पुर्याउन आव्हान गरे ।

विश्व रेकर्ड बनाउनका लागि शनिबार टुंडिखेलमा राजनीतिक दलका नेता, कलाकार, पत्रकार, समाजसेवी लगायत हजारौँ सर्वसाधारण युवा युवती भेला भएका थिए । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देशमुलक प्ले कार्ड र नेपालको झण्डा सहित उपस्थित जनसमुदायले बुद्ध वाज वन इन नेपाल भन्ने नारा लगाईरहेका थिए ।

६ हजार ६ सय ८६ जना भन्दा माथि उपस्थिति भएको अवस्थामा गिनिज बुकमा नेपालले रेकर्ड बनाउने छ । धेरै मानिस एकै स्थानमा जम्मा भएर गौतम बुद्धको धम्मपद बाचन गरेको रेकर्ड अहिले भारतको नाममा छ ।

उपस्थितिको गणनाका लागि टुँडिखेलमा पुगेका सहभागी सबैलाई क्यु आर कोड उपलब्ध गराईएको थियो । सोही कोडको आधारमा उपस्थिति संख्या गनिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);