एमाले-माओवादीको संसदीय दलको संयुक्त बैठक इतिहासकै ठूलो क्रम भंग : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमाले-माओवादीको संसदीय दलको संयुक्त बैठक इतिहासकै ठूलो क्रम भंग : प्रचण्ड

काठमाडौं, १९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक इतिहासकै ठूलो क्रम भंग भएको बताएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा संघीय संसदमा निर्वाचित सांसदहरुलाई दिएको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुई वटा संसदीय दलको संयुक्त बैठक निरन्तरतामा क्रम भंग भएको बताए ।

उनले एउटै संसदीय दलमा रुपान्तरण हुँदै गर्दा त्यसको पुर्व सन्ध्यामा भएको संयुक्त बैठकले नयाँ इतिहास रच्नुको साथै नयाँ ऐतिहासिक प्रक्रियातर्फ अघि बढाउने बताए ।

आपसमा बैचारिक राजनीतिक संघर्ष र तितो अनुभव संगालेका दल एउटै घोषणपत्र र साझा उम्मेदवारका साथ एउटै संकल्प लिएर निर्वाचनमा जाने विषय सहजै पत्याउन सकिने नभए पनि आफुहरुको एकताले डेढ महिना भित्र ठुलो विश्वविद्यालयको काम गरेको प्रचण्डले दाबी गरे ।

अध्यक्ष दाहालले राजा महाराजाको समयमा जस्तो जनताको मालिक नभई साँच्चै जनताको सेवकका रुपमा प्रमाणित गराउने साझा संकल्पका साथ अघि बढ्न सांसदहरुलाई निर्देशन दिए ।

अहिले पुरै संसारको ध्यान आफुहरु तर्फ केन्द्रीत रहेको भन्दै उनले जनताको हित र मुलुकको सम्वृद्धिको लागि एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);