भूमिहीनले जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन विज्ञको सुझाव | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

भूमिहीनले जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन विज्ञको सुझाव

bhumihin jagga

काठमाडौं, १ असार । विज्ञहरुले भूमिहिनहरुलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन ।

आइतबार संसदको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितको बैठकमा भूमि सम्बन्धि बिधेयको छलफलमा भूमि अधिकारकर्मी जगत देउजाले वर्षौदेखि भोगचलन गर्दै आएका भूमिहिनहरुलाई सो जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिनुभयो । उहाँले सुकुम्बासी समस्या समाधान गर्न पनि भूमिहिनहरुले भोगचलन गर्दै आएको जग्गा उनीहरुलाई दिन उचित हुने तर्क गर्नु भयो ।

त्यसैगरी भूमि तथा सहकारी विज्ञ केशव बडालले संविधानको मौलिक हकमा भूमिहिन किसानहरुलाई तत्काल जग्गा उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई सुनिश्चित हुने गरी कानुन बनाउन सरकारसँग आग्रह गर्नु भयो । उहाँले कुनै पनि बहानामा भूमिहिनहरुको संवैधानिक अधिकार कटौति गर्ने काम नगर्न पनि सरकार र संघीय संसदलाई सचेत गराउनु भयो ।

विज्ञहरुले संघ, संस्थाको नाममा भोग चलनका लागि लिइएको जग्गा व्यक्तिले उपयोग गरिरहेको उल्लेख गर्दै त्यस्ता जग्गा पनि सरकार मातहत ल्याउन माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);