सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने मन्त्री श्रेष्ठको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने मन्त्री श्रेष्ठको दाबी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दावी गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफ्नै पालामा सबै भूमिहिनहरुलाई लालपूर्जा दिने लक्ष्य आफूले दिएको बताउनु भएको हो । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरु पनि भूमिहिन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरुलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन दिनु भयो ।

उहाँले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरु सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गर्नु भयो । मन्त्री श्रेष्ठले भन्नु भयो, ‘मेरो पालामा भूमिहीनहरुलाई लालपूर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरु छन । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलबासी लाखौं नेवारहरु लालपूर्जा विहिन छन । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपूर्जा पाउनै पर्दछ । काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न भने गम्भिर छ । त्यसैले उपत्यका नेवारहरुलाई सो भूमिको लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ । सहकारीबाट जनता ठगीको सुनासो छ । कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरु सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु । ’

मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);