पशुपतिनाथ मन्दिर रहेको जग्गाको समेत लालपूर्जा छैन | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

पशुपतिनाथ मन्दिर रहेको जग्गाको समेत लालपूर्जा छैन

काठमाडौं, ५ असार । सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत सरकारले लालपूर्जा नदिएको जानकारी दिनु भएको हो ।

बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिका सदस्यहरुलाई उहाँले पशुपतिनाथको मूल मन्दिरको जग्गाको लालपूर्जा समेत सरकारले नदिएको बताउनु भयो । लालपूर्जाका लागि नापी विभागमा निवेदन दिएपनि त्यहाँबाट उपलब्ध नभएकोमा आफूलाई दुःख लागेको उहाँको भनाई थियो ।

सदस्य सचिव ढकालले पशुपतिनाथको जमिन भने कसैले पनि अतिक्रमण नगरेको दावी गर्नु भयो । लालपूर्जा नभएपनि पशुपतिनाथको अचल सम्पत्तिको रुपमा रहेको जग्गा भने कसैले पनि अतिक्रमण नगरेको पशुपति क्षेत्र विकास कोषको भनाई छ । कोषले प्राविधिक जनशक्तिको अभावमा पशुपति क्षेत्रमा रहेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति नलिएको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);