भूमिसँग जोडिएका कानुनलाई एकीकृत गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भूमिसँग जोडिएका कानुनलाई एकीकृत गर्ने सरकारको तयारी

samsad padma aryal

काठमाडौं, २२ असार । सरकारले भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले गुठी, सुकुम्बासी, बाढिपीडित, अव्यवस्थित बसोबासलगायतका समस्या समाधानका लागि भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न लागिएको जानकारी दिनु भएको हो ।

आईतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै मुक्त कमैया, हलियाहरुको भूमि सम्बन्धि समस्या समाधान गर्न पनि सरकारले भूमिसँग सम्बन्धित सबै कानुनलाई एकीकृत गरेर अघि बढनुपर्ने निष्कर्षमा पुगेको पनि स्पष्ट पार्नु भयो ।

बैठकमा बोल्दै समितिका सदस्य दलबहादुर रानाले बाढिपीडितलाई जग्गा उपलब्ध गराएपनि जग्गा धनी पूर्जाको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भयो ।

समितिकी अर्का सदस्य शान्ता चौंधरीले कतिपय मुक्त हलिया, कमैयाहरुलाई जग्गाको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाउनु भयो । दुई कट्ठा जग्गा उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा गएपनि कतिपयले अझै सो जग्गा पाउन नसकेकोमा उहाँको आपत्ति छ ।

सांसद चौंधरीले मुक्त कमैयाहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई जग्गाको उचित व्यवस्था गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
उहाँले मुक्त हलिया, कमैयाहरुमाथि विभेद नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);