संञ्चारमन्त्री गोकुल बास्कोटाको राजिनामा माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संञ्चारमन्त्री गोकुल बास्कोटाको राजिनामा माग

मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, ३२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद रामविर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै सुचना प्रविधि तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने बताउनुभएको छ ।

शनिबार एक कार्यक्रममा बोल्दै उहाँले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बास्कोटाले आगोमा ध्यु थप्ने अभिव्यक्ति दिएको भन्दै राजीनामा दिनुपर्ने तर्क गर्नुभयो ।

मन्त्री बास्कोटाको भनाईले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातबीच लडाई गराउन खोजेको भन्दै उहाँले अपमान गर्ने विभागिय मन्त्री र सरकारका प्रवत्ताको दिनगन्ती सुरु भएको चेतावनी दिनुभयो ।

सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाडांैमा आन्दोलन चर्काउने चेतावनी दिनुभयो । उहाँले वधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठासंग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्याउने दाबी गर्नुभयो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिनुभयो ।

उहाँले भूमिगत बसेर हुर्केका कम्युनिष्ट नेताहरुले आश्रय दिने नेवार समुदायलाई नै अपमान गर्नु बिडम्बनापुर्ण भएको टिप्पणी गर्नुभयो । गुठी विधेयकको सडक देखि सदन सम्म विरोध हुदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);