डा. मिनेन्द्र रिजालले पत्ता लगाए कांग्रेस सकिनुको कारण, के हुन कारण ? : मिनेन्द्र रिजाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

डा. मिनेन्द्र रिजालले पत्ता लगाए कांग्रेस सकिनुको कारण, के हुन कारण ? : मिनेन्द्र रिजाल (भिडियोसहित)

kharo prashna with minendra rijal

काठमाडौं, २८ जेठ । राजनीतिक संस्कार र परिवर्तन, मुलुकको उन्नति-प्रगति र जनताको जीवनस्थर उकास्ने आधार भएपनि हाम्रो मुलुकको राजनीतिक परिवर्तनलाई हेर्ने हो भने धेरै परिवर्तनहरु भए । तर, जनताको जीवनस्थर, मुलुकको उन्नति र समग्र राजनीतिक परिवेश सुधिर्यो त भन्ने प्रश्नहरु उठिरहेका छन् । राजनीतिक दल र नेतृत्वहरु सत्तामुखी मात्र भएको आरोप लागिनै रहेको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले गुठी विधेयक गलत भएको र गलत छ भन्ने अधिकार जनता समक्ष भएको स्पस्ट पार्नु भयो । उहाँले देशमा आएको परिवर्तनको नेतृत्वदायी भूमिका काँग्रेसको रहेको बताउनु भयो । उहाँले काँग्रेस नउभिएको भए गणतन्त्र र संघीयता सम्भव हुने थिएन भन्ने कुरा पनि उल्लेख गर्नु भयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले काँग्रेस नेता मिनेन्द्र रिजालसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);