लोकतन्त्र र संविधानवाद विजयी भयो : मिनेन्द्र रिजाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लोकतन्त्र र संविधानवाद विजयी भयो : मिनेन्द्र रिजाल

काठमाडौँ। नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य मिनेन्द्र रिजालले लोकतन्त्र र संविधानवाद विजयी भएको बताएका छन् । आईतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य रिजालले केपी शर्मा ओलीको अहंकारले पराजय भोगेर नेपालमा लोकतन्त्र र संविधानवाद विजयी भएको बताएका हुन् ।

संविधानवादलाई विजयी गराएकोमा सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘अहंकारको भाव सुनियो । सत्य एउटै हुन्छ । सत्य मैले देख्या छु भन्ने भाव । त्यो सत्य देख्या छु सत्य एउटै हुन्छ भन्ने एकाधिकार जनाउने प्रवृत्ति आज परास्त भएको छ । लोकतन्त्र विजयी भएको छ । संविधानवाद विजय भएको छ । त्यसैले संसदले सम्मान व्यक्त गर्नुपर्दछ अदालतका लागि । अदालतलाई यो काम गरेकोमा । अहिलेपनि हामीहरु आफ्ना सिमाहरुलाई नर्बिसौँ ‘

उनले केपी शर्मा ओलीले हिजो प्रचण्ड र माधव नेपाललाई देखाएर दुई तिहाईको मत देखाएको भएपनि अहिले उनै विरुद्ध आक्रमण गरेको बताए । ओलीले अदालतमाथिनै आक्रमण गरेको पनि उनले बताएका थिए । ओली सरकारले विगत डेढ वर्षदेखि नेपाली जनताको स्वास्थ्यमाथि खेलवाड गरेको सांसद रिजालले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);