देउवाले मागे विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

देउवाले मागे विश्वासको मत

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्नु भएको छ । प्रतिनिधिसभाको आईतबारको दोस्रो बैठकमा उनले प्रधानमन्त्रीकोरुपमा आफूलाई विश्वासको मत दिन सबै राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बन्न सहयोग र समर्थन गर्ने सबै राजनीतिक दलका नेताहरुसंग आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले गर्नु भएको असल कामका लागि धन्यवाद दिँदै उहाँले ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कोभिड—१९ हाम्रो तत्कालको चुनौति रहेको औल्याउँदै प्रधानमन्त्री देउवाले त्यसलाई चिरेर अघि बढन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);