सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन विश्वासको मत दिनुहोस् : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन विश्वासको मत दिनुहोस् : प्रधानमन्त्री

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले सहकार्यको राजनीतिका लागि आफूलाई विश्वासको मत दिन अपिल गरेका छन् । प्रधानमन्त्री प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनिति अघि बढाउनका लागि विश्वासको मत दिन आग्रह गरेका हुन् ।

‘निषेधको होइन, सहमति सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउनका लागि विश्वासको मत दिन आग्रह गर्दछु।’–उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफु अपरिपक्क हुँदा पहिलो पटक प्रधानमन्त्री भएको बताउदै पार्टी व्यवस्थापनमा लाग्नुपरेको स्वीकार गरेका छन् । उनले यो कार्याकाल फरक संकल्पका साथ सफल पार्ने पनि बताए ।

 

Leave a Reply