प्रचण्डले गरे ५ वर्ष प्रधानमन्त्री बन्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्डले गरे ५ वर्ष प्रधानमन्त्री बन्ने संकेत

काठमाडौं। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई ५ वर्षमा २ अंकको आर्थिक वृद्धिदरमा लैजाने बताएका छन् । प्रतिनिधि सभाको दोस्रो बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले आगामी ५ वर्षमा न्युनतम ज्याला २५ हजार पुर्याउने बताएका हुन् ।

प्रचण्डको यो भनाईलाई ५ वर्षे सरकारको ५ वर्षे कार्याकाल चलाउने अनुमान गर्न सकिन्छ । नेकपा एमालेका केपी शर्मा ओली र प्रचण्डबीच साढे २ वर्ष आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । तर उनको यो अभिव्यक्तिले दुई नेता बीचको सम्बन्ध टुट्न सक्ने सजिलै आंकलन गर्न सकिन्छ ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उनलाई आज विश्वासको मत दिने निर्णय गरेको छ । फेरी शेर बहादुर देउवा र प्रचण्डबीच साँगगाँठ हुने देखिएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयबारे छलफलमा सभापति देउवाइतर पक्षले चर्को विरोध गर्दा गर्दै पनि कांग्रेसले विश्वासको मत दिने गरेको छ ।

भुकम्पको बेलामा जस्तै अब फेरीराष्ट्रको उत्थानको लागि सबै दल एक हुनुपर्ने धारणा राखे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);