गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसद्वारा संसद बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

samsad abaruddha-grihamantri jawaf

काठमाडौं, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले भदौ २६ गते बाँकेको खजुरा गाउँपालिकामा कांग्रेसको जागरण अभियान बिथोल्न खोजिएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसदहरुले उठाएको जिज्ञासाका सम्बन्धमा जवाफ दिँदै गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री र रोशन ठकुरीलाई २८ गते नै पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले बाँके कांग्रेसले कार्यक्रमका सम्बन्धमा स्थानीय प्रशासनलाई जानकारी नदिएको बताउँदै खजुरा घटनाका सम्बन्धमा थप अन्य अनुसन्धान एवं शान्ति सुव्यवस्था खलल हुन नदिन उच्च सतर्कता अपनाइएको बताउनुभयो ।

बैठकमा कांग्रेस सांसदहरुले गृहन्त्री थापाले दिएको जवाफ चित्तबुझदो नभएको तथा घटनामा संलग्नहरुको बारेमा प्रहरी समक्ष किटानी जाहेरी दिँदा सरकारले दोषीलाई कारवाही नगरेको भन्दै संसद बैठक अवरोध गरेका थिए । बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले घटनाका सम्बन्धमा सरकार संबेदनशील नभएको आरोप लगाउनु भयो ।

कांग्रेसका सांसदहरुले सरकारले घटनाको जिम्मा नलिएसम्म संसद बैठक चल्न नदिने भन्दै बैठक अवरोध गरेका थिए । गत बिहिवार बाँकेको मा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा नेपाली कांग्रेस बाँकेले ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरिरहेको बेला केही व्यक्ति भित्र प्रवेश गरी कार्यक्रम बिथोल्न खोज्दा बाँके कांग्रेस सभापति किरण कोइरालामाथि भएको आक्रमणबाट उहाँको देब्रे हात भाँचिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);