कमी कमजोरी सच्याउन नसक्दा प्रतिगामीले बोल्ने ठाउँ पाए : नेता गजुरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कमी कमजोरी सच्याउन नसक्दा प्रतिगामीले बोल्ने ठाउँ पाए : नेता गजुरेल

हरिबोल गजुरेल

वीरगंज,  २९ भदौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री हरिबोल गजुरेलले आफु भित्र रहेको कमी कमजोरी सच्याउन नसक्दा प्रतिगामीहरुले बोल्ने ठाउँ पाएको बताउनु भएको छ । राजनीतिक परिवर्तन आएपनि राज्यको स्थायी संयन्त्रको कार्य शैलीमा परिवर्तन नआउँदा जनतालाई दिनु पर्ने सेवा सुबिधा दिनु नसकिएको स्वीकार गर्नुभयो ।

प्रेस संगठन नेपालद्धारा आइतबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताहरु नयाँ परिपाटी खोजिरहेका बेला पार्टीहरु पुरानै तवरबाट संचालन भईरहेको धारणा राख्नु भयो । पार्टीहरुले समयसंगै आफुहरुलाई परिवर्तन गर्दै लानुपर्ने उहाँको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);