काम गर्न असफल भएको महशुस हुनेबित्तिकै पदबाट राजीनामा दिने पर्यटनमन्त्री भट्टराईको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काम गर्न असफल भएको महशुस हुनेबित्तिकै पदबाट राजीनामा दिने पर्यटनमन्त्री भट्टराईको घोषणा

paryatan mantri yogesh bhattarai

काठमाडौं, १६ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गर्नु भएको छ ।

बिहीबार राजधानीको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रिय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण पछि संचारकर्मीसंग भट्टराईले आफूले काम गर्न असफल भएको महशुस हुनासाथ जिम्मेवारीबाट पछि हटने उल्लेख गर्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गर्नु भएको हो । मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताउनु भयो । मन्त्री भट्टराईले केही दिन भित्र आफ्नो कार्ययोजना संचार माध्याममार्फत् सार्वजनिक गर्ने जानकारी पनि दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);