मेरै कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्छु : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मेरै कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्छु : प्रधानमन्त्री ओली

pm oli-garibi-berojgari

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिवी र बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

आइतबारबाट राजधानीमा शुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिवी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रह गर्नु भयो । उहाँले गरिवी र बेरोजगारीको सामना प्रतिपक्ष-सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष काँग्रेस पनि तयार हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा कामको चर्चा नगर्दा हुने तर सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन भने सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले शिक्षालाई जीवन उपयोगी बनाएर मुलुकमा गरिवी अन्त्य गर्ने र रोजगारीको अवसृर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुक भित्रै रोजगारीको अवसर अधिकतम सृजना गर्न र बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नु भयो ।

२ दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुले रोजगारीको अवसर सृजना हुने खालका विभिन्न क्षेत्रका पहिचानसहितको कार्यपत्र प्रस्तुत गर्ने पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);