देश दुर्घटनामा जान नदिने प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देश दुर्घटनामा जान नदिने प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश दुर्घटनामा जान नदिने बताएका छन्। माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश दुर्घटनामा जान नदिने बताएका हुन्।

उनले देशको समृद्धि तथा नेपाली जनताको मजबुद एकताका लागि आफूहरु सक्रियरुपमा लागिपरेको उल्लेख गरेका छन् । अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत् जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेको भन्दै सरकारको यस्तो कदमलाई कुनै पनि हालतमा सफल पार्न नदिने बताए ।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रस्तावसहित एमालेसंग एकता गरेको तर प्रधानमन्त्री कपी ओलीले त्यस्लाई भंग गरेको बताए । बर्तमान सरकारको रवैया अब धेरै दिन टिक्न नसक्ने उल्लेख गर्दे उनले अव देशले छिट्टै निकास पाउने धारणा राखेका छन् ।

श्रद्धाञ्जलिसभामा अध्यक्ष प्रचण्डले स्वर्गीय हरिप्रसाद पौडेलको कम्युनिष्ट आन्दोलनका लागि गरेको योग्दान अतुलनिय रहेको भन्दै उनको योग्दानको चर्चा गरे । पौडेलको ९० वर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);