प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वको सरकार बनाउने प्रयास जारी राख्ने कांग्रेस संसदीय दलको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वको सरकार बनाउने प्रयास जारी राख्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

शनिबार बसेको कांग्रेसको संसदीय दलको बैठकले प्रधामन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले विश्वासको मत माग गर्दा नदिने निर्णय गरेको हो ।

साथै बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको कोशिसलाई जारी राख्ने निर्णय गरेको छ ।

बैठकबाट निस्केर सञ्चारकर्मीहरु सँग बोल्दै सभापति देउवाले प्रधानमन्त्रीविरुद्ध अविश्वसा प्रस्ताव दर्ता गर्ने विषयमा भने अझै टुंगो नलागेको जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);