विवाद जसपाको, सरकारको नेतृत्व दाबी कांग्रेसको, सत्ता एमालेको | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विवाद जसपाको, सरकारको नेतृत्व दाबी कांग्रेसको, सत्ता एमालेको

काठमाडौं। नेपाली राजनीतिमा पछिल्लो पटक अनौठा दृष्य देखिन थालेका छन् । यी दृष्यका पात्र भने एमाले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी बनेका छन् ।

२०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच अचानक एकता भयो । त्यसमा चित्त बुझ्ने र नुबुझ्ने दुबै दलका नेताले एकीकरणमा मुन्टो हल्लाए। यसलाई धेरैले स्वभाविक मानेनन् । माओवादी केन्द्रका कटु आलोचक मानिएका तत्कालिन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्छ पुष्पकमल दाहालबीचको यो एउटा ऐतिहासिक कदम थियो । अर्थात उत्तरी ध्रुब र दक्षिणी ध्रुबको मिलन थियो यो । तर राम्रा कामका लागि भन्दै सबैले यो कदमको स्वागत गरेका थिए।

यो एकीकरण सहज थिएन । बेर्ना सारेर काउली रोप्नु पर्नेमा काउलीको फुल नै ड्यांगमा राखेर रोपिए झैं एकता गरिएको थियो । एकताको मोडल सम्म पनि ख्याल नगरि विगतमा भएको राप्रपाको एकीकरणको मोडेललाई पछ्याउन जरुरि नै ठानिएन । राप्रपाले एकीकरण गर्दा सबैभन्दा तल्ला कमिटीबाट सुरु ग–यो। उसले त्यही आधारमा महाधिवेशन ग–यो र लोकतान्त्रिक तरिकाले नेतृत्व चयन ग–यो। तर नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले यतिसम्म पाठ सिकेनन् । सोझै टाउको मात्रै जोड्ने काम भयो ।

एमालेमा कसरी आयो यो अवस्था?

एमालेमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधव नेपालबीचको सम्बन्धको उत्तार चढाव गजवको छ । एकता, सहकार्य, संघर्षको नारा यी दुबै नेताको राजनीतिक जीवनमा लागु हुन्छ । कहिले माधव नेपालले ओलीलाई अंगालो हाल्ने, कहिले ओलीले माधव नेपाललाई अंगालो हाल्ने यिनीहरुको पारिवारिक सम्बन्ध जस्तै हो। माधव नेपाल पार्टी सत्तामा छँदा ओली नेपालको सम्बन्धमा त्यति कटुता आएको पाइँदैन। बुटवलमा सम्पन्न नवौं महाधिवेशनपछि पनि यी दुई नेताको सम्बन्ध नजिक देखिन्छ । पार्टी अध्यक्ष झलनाथ खनाल बनेपछि ओली नेपाल पक्षले कतिपय जिल्लामा समानान्तर कमिटीको अभ्यास नगरेका होइनन् । तर तिनलाई कार्यदल बनाएर समाधान गरियो ।

पार्टी एकीकरणपछि जब प्रचण्ड भित्रिए , तब नेपाल बाहिरिए । प्रचण्डको साथ पाएर पछि प्रधामनन्त्री ओलीले माधव नेपालको आवश्यकता ठानेनन् । सायद प्रधानमन्त्री ओलीले टाढाको देउता भन्दा नजिकको भूत प्यारो हुन्छ भन्ने उखान लागु नगरेको हुन सक्छ । जुन बेला ओली नेपाल टाढिए त्यही बेला देखि नेकपामा संकट सुरु भएको मानिन्छ । यदि ओली नेपाल आजसंगै भएको भए प्रतिनिधिसभा विघटन हुने थिएन ।

नेपाल पक्षको भनाई अझै पनि बाहिर सुन्न सकिन्छ : ओली सरकार अझै पाँच बर्ष चल्नुपर्छ । केपी ओली र माधव नेपाल सुख दुखका एक अर्काका भरपर्दा सहयात्री हुन् भने प्रचण्ड अवसरका प्रतिमुर्ति हुन् । समयक्रमले यो कुरा पुष्टि गरीरहेको छ । प्रचण्डले ओलीसंग हरेक कुरामा भाग खोजे । हरेक कुरामा बहुमत अल्पमतका कुरा खोजे । ओलीले पाखामा पु–याएका माधव नेपाल समेत यसमा सहभागी हुन बाध्य भए।

एमाले नेतृत्व बिच पछिल्लो चरणमा देखिएको यसै विवादले अहिले देशमा राजनीतिक संकट ल्याएको हो । प्रकट रुपमा एमालेको संस्थापन पक्ष र नेपाल पक्ष पार्टी विभाजन गर्ने पक्षमा छैनौं भनिरहेका छन् । यसो भन्दै गर्दा दुबै पक्षबाट समानान्तर कमिटी बनाउने कामले भने निरन्तरता पाई नै रहेको छ । प्रदेश र केन्द्र सरकारमा नयाँं समीकरण तयार भईरहेका छन् ।

केन्द्रमा जसपा भित्रको अन्यौलताका कारण अहिलेको सरकारलाई समर्थन गर्ने वा यसलाई ढाल्ने भन्ने विषयमा कुनै निर्णयमा पुग्न सक्ने अवस्था छैन । कांग्रेसले आफूले नेतृत्व लिने दाबी गरेको छ । जनता समाजवादी पार्टी पनि त्यसलाई पछ्याई रहेको छ । तर यो विवादले नेपाली राजनीतिमा विवाद जसपाको, नेतृत्व दाबी कांग्रेसको र सत्ता एमालेको रही रहने निश्चित देखिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);