शिक्षा प्रणालीको अन्यौल व्यवस्थित गर्नुपर्ने सरोकारवालाको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

शिक्षा प्रणालीको अन्यौल व्यवस्थित गर्नुपर्ने सरोकारवालाको जोड

काठमाडौं, ५ फागुन । सरकोकारवालाहरुले संघ, प्रदेश र स्थानीय तहको शिक्षा प्रणालीमा देखिएको अन्यौलतालाई तत्काल व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । शिक्षा पत्रकार समुहको १८ औं बार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागिहरुले शिक्षाको क्षेत्रमा देखिएको अन्योलताई गम्भिरतापूर्वक लिई तत्काल व्यवस्थित गर्न सम्बिन्धित पक्षको ध्यानाकर्षण गराए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले शिक्षामा आमुल परिर्वतन गर्दै सार्वजनिक शिक्षाको गुणस्तरीयता कायम गर्नुपर्ने बताए ।
विभिन्न राजनितिक दलका नेताहरुले सार्वजनिक शिक्षामा देखिएको विकृति हटाउँदै यसमा सबैको आर्कषण बढाउन गम्भिरतापुर्वक लाग्नुपर्नेमा जोड दिए ।

अन्य सहभागीहरुले हुनेखानेले प्राप्त गर्ने शिक्षा र निमुखा जनताले प्राप्त गर्ने शिक्षाको अन्तरलाई मेटाउँदै शिक्षा क्षेत्रमा भएको व्यापरिकरण बन्द गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);