संघ, प्रदेश र स्थानीय तहको शिक्षा प्रणालीमा देखिएको अन्यौलतालाई व्यवस्थित गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ६ फागुन । सरकोकारवालाहरुले संघ, प्रदेश र स्थानीय तहको शिक्षा प्रणालीमा देखिएको अन्यौलतालाई तत्काल व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।

शिक्षा पत्रकार समुहको १८ औं बार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागिहरुले शिक्षाको क्षेत्रमा देखिएको अन्योलताई गम्भिरतापूर्वक लिई तत्काल व्यवस्थित गर्न सम्बिन्धित पक्षको ध्यानाकर्षण गराए । कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले शिक्षा क्षेत्रलाई संघियताअनुसार कसरी अगाडि बढाउने भन्नेमा अन्योल रहेको बताए । सचिव रेग्मीले कानुनी संरचना र कर्मचारीहरुको मनोविज्ञानसमेतले गर्दा काम कारबाहीमा अलमल भएको बताए ।

कार्यक्रममा राजनीतिक दलका नेताहरुले सार्वजनिक शिक्षामा देखिएको विकृति हटाउँदै यसमा सबैको आर्कषण बढाउन गम्भिरतापुर्वक लाग्नुपर्नेमा जोड दिए । एमाले नेता तथा सांसद रविन्द्र अधिकारीले चुनावमा प्रचार गरिएको घोषणापत्रअनुसार शैक्षिक क्षेत्रको सुधार गर्ने दाबी गरे । नेपालमा प्राविधिक शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाई थियो । त्यस्तै नेपाली कांग्रेसका नेता तथा सासंद गगन थापाले संविधानमा व्यवस्था गरिएअनुसारको शैक्षिक अधिकारबाट कसैलाई पनि बञ्चित गराउन नहुने बताए ।

देशको विकास र समृद्धिका लागि सोही अनुसारको जनशक्ति उत्पादन गर्नका लागि शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने थापाको भनाई थियो । अन्य सहभागीहरुले हुनेखानेले प्राप्त गर्ने शिक्षा र निमुखा जनताले प्राप्त गर्ने शिक्षाको अन्तरलाई मेटाउँदै शिक्षा क्षेत्रमा भएको व्यापरिकरण बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);