उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन

काठमाडौं, २ जेठ । शिक्षाविद्हरुले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । शिक्षाविद् मनप्रसाद वाग्लेले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्ने हो भने सरकारले तत्काल उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नु भयो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले कम्तीमा २० प्रतिशत बजेटको व्यवस्था नगरेसम्म मुलुकको विद्यालय तहको शिक्षामा सुधार नआउने पनि स्पष्ट पार्नु भयो ।

अर्का शिक्षाविद् केदारभक्त माथेमाले विद्यालय तहको शिक्षामा सुधार ल्याउन बजेटको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले शिक्षक नियुक्तीमा राजनीति नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका शिक्षकहरुको कारण पनि सार्वजनिक विद्यालयको शिक्षामा सुधार आउन नसकेको शिक्षाविद् माथेको भनाई छ ।

शिक्षाविद्हरुले सार्वजनिक विद्यालयको सुधारका लागि स्थानीय तहमै अपनत्वको विकास गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आएका छन् । शिक्षाविद् माथेमाले स्थानीय तहमै अपनत्वको भावनाको विकास गरेर मात्रै विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन सकिने दृष्टान्त पनि पेश गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);