नेकपामा अधिकांश जनवर्गीय संगठनको भागबण्डा टुंगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपामा अधिकांश जनवर्गीय संगठनको भागबण्डा टुंगियो

nekapa-sachiwalaya

शुक्रवार पार्टी एकताको १ बर्ष पुगेको अवसरमा घोषणा हुने

काठमाडौं, २ जेठ । नेकपाको सचिवालय बैठकले अधिकांस जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपामा २२ वटा जनवर्गीय संगठन मध्ये धेरैजसोको भागबन्डा टुंग्याएको हो ।

नेकपाले बिद्यार्थी संगठन, युवासंघ, महिला संगठन, प्रेस संगठन, किसान महासंघ, कर्मचारी संगठन लगायतको भागबण्डा टुंग्याएको हो । सबै जनवर्गीय संगठनको नेतृत्व टुंग्याएसंगै शुक्रवार पार्टी एकताको एक बर्ष पुगेको अवसरमा घोषणा गर्ने नेकपाको तयारी रहेको जनाइएको छ ।

विहीबारको बैठकले नेकपाको पोलिटव्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन भने टुग्याउन सकेन । यही जेठ ५ गते अर्को बैठक बसेर पोलिटब्यूरो र केन्द्रिय सदस्यको कार्यबिभाजन सक्ने नेकपाको तयारी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);